
काठमाडौं भदौ ३०, सामसङ इलेक्ट्रोनिक्सले महान् पर्वहरु दशैं, तिहार र छठ लाई लक्षित गर्दै सामसङ, खुशी फर्की आयो योजना प्रस्तुत गरेकोछ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ ।
यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका एलइडी टभि तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिद गर्न सकिने छ । सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध हुने छ । सामसङका के तथा एल सिरिजका टिभीमा २ वर्षको वारेन्टी सुविधा उपलब्ध हुने छ ।
ग्राहकले टिभिको वारेन्टीलाई दर्ता गर्न सामसङको ग्राहकसेवा केन्दमा सम्पर्क गरी टिभिको मोडेल नम्बर, खरिद
मिति र बिल नम्बर तथा टिभिमा भएको सिरियल नम्बर उपलब्ध गराउनु पर्नेछ ।
यो योजना हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारले प्रस्तुत गरेका हुन् । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुने छ ।
उपलब्धता
ड्ड यो योजना नेपाल अधिराज्यभर लागू गरिएको छ ।
ड्ड सामसङका आधिकारिक स्टोरहरुमा गई खरिद गर्दा मात्र यो योजना लागू हुने छ ।
ड्ड इ–कमर्स साइट वा वेभ साइट मार्फत् खरिद गर्दा तथा विज्ञापनमा उल्लेख गरिए भन्दा अन्य आउटलेटहरुमा
गई खरिद गर्दा यो अफर लागू हुने छैन ।