असोज २, २०८०
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ । सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइ...
खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कूललाई दान गरें, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन् ।’
गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ ।
पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरिन् ।
पियारी आमाले कावासोती–४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै ८ कठ्ठा जग्गा दान गरेकी हुन् । निःसन्तान उनी श्रीमान्को मृत्यु भएपछि एक्लै बस्दै आएकी छन् ।
पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घर मात्रै छ ।
विद्यालयलाई दिएको जग्गामै उनको घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गरेका छन् । ‘मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिनहुन्न,’ उनले भनिन्, ‘त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु ।’
पियारी आमाले आफूसँग भएको जग्गा मात्रै होइन, उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सन समेत अरुलाई सहयोग गर्ने गरेकी छन् । विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।
पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेलले बताए । ‘अरूलाई सहयोग गरौं भन्ने उहाँको भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नुभएको छ,’ उनले भनिन् । अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उनको छ ।
शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मान समेत गरेको छ ।
शिक्षाको विकासका लागि निस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उनको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए । ‘शिक्षाको विकासमा विना स्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनुपर्छ, यसैले सम्मानस्वरूप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौं,’ उनले भने ।
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ । सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइ...
अहिले नेपाली युवामा नैराश्यता छ । स्वदेशमा केही गर्न सकिँदैन भनेर उनीहरू विदेश पलायन हुने क्रम जारी छ । यही भएको युवा पुस्ताको ठूलो जमात के गर्ने भन्नेमै अन्योलमा छ । तर, मेहनत गर्नेका लागि स्वदेशमै पनि अवसर...
विराटनगरका ५३ वर्षीय अनुज सापकोटाको जीवन २० वर्षअघि अर्कै थियो । उनी शुरूमा लागुऔषधका सामान्य प्रयागकर्तामात्रै थिए । विस्तारै उनी पछि लागुऔषध दुर्व्यसनीसम्म बन्न पुगे । आफू बुझ्ने भएदेखि नै चुरोट खान...
बुटवलका अर्जुनबहादुर थापाले रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुपूर्व नै १३ वर्षभन्दा बढी समय दक्षिण कोरियामा बिताए । उनले वि. सं २०५१ देखि ०६४ सम्म कोरियामा काम गरेका थिए । कोरियामा उनले ‘म्यानुफ्...
कतै हिलाम्यै ठाउँ देखियो भने ‘ढोर मेलाको हिलोजस्तो’ भन्ने ढोरपाटन वरपरका बासिन्दाको चलन हो । यस वर्ष (२०८० भदौ १४)को जनैपूर्णिमाको छेको ढिला पर्यो । जनैपूर्णिमा ढिला परेसँगै झरी पनि परेन । यसैक...
राष्ट्रिय गौरवको आयोजना हो, पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग । ठ्याक्कै नेपालको नक्सा आकारमा रहेको बागलुङ जिल्लामा सदरमुकामदेखि १ सय ४२ किलो मिटर पर पूर्वी रुकुमसम्म मध्यपहाडी लोकमार्ग फैलिएको छ । ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...