
लमजुङमा जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ बस्ने ३६ वर्षीय मिनराज तामाङसहित २२ जना रहेका छन् ।
मर्स्याङ्दी गाउँपालिका ९ डेरा गरी बस्ने सोही गाउँपालिका ३ घर भएका ४० वर्षीय धनबहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले बिहीवार राति उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई ५ लाख ७० रूपैयाँ नगद र १६ थान कौडासहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।