२७ जेठ २०८३, बुधबार

इलाममा राष्ट्रिय परिचयपत्र वितरण शुरु, पहिलो चरणमा ५ सय थान वितरण गरिने

साउन १९, २०८०
इलाम
इलाममा राष्ट्रिय परिचयपत्र वितरण शुरु, पहिलो चरणमा ५ सय थान वितरण गरिने
फाइल फोटो

इलाममा राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको हो । विवरण पेश भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । 

उनले पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न शुरु गरिएको हो । जिल्लाबाट फारम भरी पेश भए पनि पहिलो चरणमा पाँच सय राष्ट्रिय परिचयपत्र तयार भएर जिल्लामा आएको उनले बताए । उनका अनुसार अरू अब क्रमशः आउनेछ । 

यो परिचयपत्र लिन व्यक्ति स्वयम् आउनुपर्ने हुन्छ । प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैं आउनुपर्ने जनाएको छ ।

कार्यालयमा एक हजार सात सय ७९ परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएको परिचयपत्र वितरण गरिने प्रशासनले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्