२३ जेठ २०८३, शनिबार

हिन्दू धर्मको योगदानका रूपमा रहेको शून्य अत्यन्तै पुरानो भएको पत्ता लाग्यो

कात्तिक २०, २०७४
हिन्दू धर्मको योगदानका रूपमा रहेको शून्य अत्यन्तै पुरानो भएको पत्ता लाग्यो

काठमाडौं, ३१  भदौ — अंकप्रणाली तथा गणितमा शून्य हिन्दू धर्मको योगदान हो । हालै गरिएको कार्बन डेटिङबाट शून्यको उपस्थिति हामीले थाहा पाएभन्दा पनि धेरै पुरानो भएको पत्ता लागेको छ ।


यो जानकारी एक प्राचीन भारतवर्षीय पाण्डुलिपिमा भेटिएको प्रमाणबाट पुष्टि हुन्छ ।

सन् १९०२ देखि बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा राखिएको बखशाली पाण्डुलिपि तेस्रोदेखि चौथो शताब्दीको भएको मानिएको छ ।

इतिहासकारहरूसँग यस पाण्डुलिपिका बारेमा भएको जानकारीभन्दा सयौं वर्ष पुरानो यो पाण्डुलिपि भएको बताइएको छ ।

यो पाण्डुलिपि पाकिस्तानको पेशावरमा सन् १८८१ मा पत्ता लागेको थियो । पछि यसलाई अक्सफोर्डको बडलियन पुस्तकालयमा संग्रहित गरिएको थियो ।

बडलियनका रिचर्ड ओभेन्डनका अनुसार यो नयाँ जानकारी गणितको इतिहासका लागि अत्यन्तै महत्त्वपूर्ण छ ।

प्राचीन भारतमा गणितमा प्रयोग हुने विन्दु शून्य चिह्नका रूपमा विकसित भयो र यसलाई बखशाली पाण्डुलिपिमा देख्न सकिन्छ ।

बडलियन पुस्तकालयका अनुसार यसअघि पाण्डुलिपि कुन समयको हो बताउन अनुसन्धाकर्ताहरूका लागि मुश्किल थियो किनकि यिनीहरू ७० भोजपत्रबाट बनेका हुन् । यिनमा तीन फरक समयका सामग्रीका प्रमाण भेटिएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्