२३ असार २०८३, मंगलबार

यसपटक कति खतरनाक युद्ध लड्छ उत्तर कोरिया ?

कात्तिक २०, २०७४
यसपटक कति खतरनाक युद्ध लड्छ उत्तर कोरिया ?

उत्तर कोरिया माथि संयुक्त राष्ट्र संघको प्रतिबन्ध जारी छ । अर्को तर्फ उसको मिसाइल परीक्षण पनि रोकिएको छैन।

हरेक एक प्रतिबन्धपछि उत्तर कोरिया थप आक्रामक भएर प्रस्तुत हुने गरेको छ । शुक्रवार तड्पिएको उत्तर कोरियाले अर्कोे एक मिसाइल जापान तर्फ प्रक्षेपण गरेको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आवे भारत भ्रमणमा रहेको बेला उत्तरले यस्तो कदम चालेको हो । कोरियाली प्रायद्वीपले पहिला पनि युद्ध झेलिसकेको छ १९५० मा उत्तर कोरियाकासुप्रीम नेता किम जोन उनका हजुरबुवा किम इल सुंगले दक्षिण कोरिया माथि हमला गर्ने फैसला गरेका थिए ।

अमेरीकाले अवस्थालाई मध्यस्थता गर्ने प्रयास गरेको थियाे ताकि युद्धलाई रोक्न सकियोस् । तनाव तीन साल सम्म जारी रहेको थियो र यसमा दुवै देशमा ठूलो मात्रामा जनधनको क्षति भयो ।

छ दशक पछि आज यो प्रायद्वीप मा फेरि एकपटक फरक खालको तनाव देखिएको छ । आफ्नो परमाणु परीक्षणबाट किम जोन उन अन्तर्राष्ट्रीय समुदायलाई चुनौती दिइरहेका छन् ।

यस महीना को शुरूवातमा उत्तर कोरिया ले सफल इन्टरकन्टिनेन्टल बेलिस्टिक मिसाइल परीक्षण गरेको थियो र दाबा गरिएको छ कि यो मिसाइलले अलस्कासम्म हमला गर्न सक्छ । यस लगत्तै अमेरिकी विदेश मन्त्रीले परीक्षणको न्दिा गरेका थिए ।

केही विशेषज्ञका अनुसार आगमी तीन वर्षमा उत्तर कोरियाले यस्तो मिसाइल बनाउने छ जसले लस एन्जेलससम्म मार हान्न सक्ने छ ।

यता अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि चेतावनी दिएका छन् कि तनाव जारी रहेको खण्डमा ठूलो संघर्षको सम्भावना छ ।

यदी यस प्रायद्वीप मा टकराव को स्थिति बढ्यो भने के हुनेछ ?

१९५० मा कोरिया को युद्ध शुरू भएको थियो । त्यस सयम विश्वका महाशक्तिहरु अमेरि तथा सोवियत संघ द्वितीय विश्व युद्ध पछि विश्वका अन्य कयौं देश जस्तै आफ्नो पुनर्गठन मा लागेका थिए ।

प्रायद्वीपको उत्तरी हिस्सामा सोवियत संघले कब्जा गरेको थियो भने अमेरीकाले दक्षिणी हिस्सामा सैन्य सहायता गरेको थियो ।

जून २५ मो सोवियत संघ र चीनले समर्थन गरेको उत्तर कोरिया ले दक्षिण कोरिया माथि धावा बोल्यो ।
अमेरिका ले ’कम्युनिस्टको हमला’ को सामना गर्नका लागि दक्षिण कोरियामा आफ्नो सेना पठायो । अमेरीका को मद्दत बाट दक्षिण कोरिया को राजधानी सियोललाई दुई महिना भित्र स्वतन्त्र बन्यो ।

तर प्रायद्वीपलाई एक गर्न आफ्नो सेना उत्तर तर्फ बढाउने अमेरिकी फैसलाको चीनले कडा विरोध गरेको थियो ।

सबै पक्ष एटम बम तथा परमाणु बमको कुरा गर्न थाले । चाढै नै कोरिया प्रायद्वीपलाई एक गर्नका लागि शुरु गरिएको तेस्रो परमाणु विश्व युद्ध आउने अवस्थामा पुगेको थियो ।

तीन सालको तनाव पछि अवस्था सामान्य बन्यो त्यो पनि विना कुनै शान्ति सम्झौता ।

कोरियाली प्रायद्वीपमा भएको पहिलो युद्धमा तीस लाख मानिसको मृत्यु भएको थियो भने एक लाख बच्चा अनाथ भएका थिए ।

अमेरिका को जासूसी संस्था सीआईएले कोरियाई मामलाका जानकार सू टेरी  भन्छिन्, “लाखौं कोरियाई नागरिक मारिए, करीब एक लाख बच्चा अनाथ भए, एक करोड मानिस विस्थापित भएका थिए । “उनी भन्छिन्, “प्योंगयांग पूर्ण रुपमा खतम भएको थियो, एउटा घर पनि बचेका थिएनन्“

फेरि एक युद्ध भयो भने ...

२७ जुलाई १९५३ मा दुवै पक्ष युद्धविराम मा हस्ताक्षर गर्न सहमत भए । तर ६४ वर्षपछि पनि दुवै देश युद्ध जस्तो अवस्थामा फसेका छन् ।

यस क्षेत्रमा शत्रुता बढी रहेको छ । उत्तर कोरियाली नेता किम जोन उन तथा अमेरीकी राष्ट्रपति डोनल्ड ट्रम्पका बीच तनाव बढी रहेको छ ।

केही जानकारहरुका अनुसार सामान्य गल्ती भएको खण्डमा युद्ध निम्तन सक्छ ।

यूनिभर्सिटी अफ जर्जटाउन मा सेन्टर फर सिक्योरिटी स्टडीज का विश्लेषक तथा अमेरीकी सेनाका पूर्व कर्नेल डेविड मैक्सवेल ले बताए अनुसार “दुई देशकाबीचको क्षेत्रमा आज पनि विश्वको सवैभन्दा ठूलो क्षेत्रको रुपमा रहेको छ ।“

उनी भन्छन्, “उत्तर कोरिया को सेना मा ११ लाख कर्मचारी छन् र उनीहरुमध्ये ७० प्रतिशत राजधानी तथा विसैनिकृत इलाकामा खटिएका छन् ।“

जानकाहरुका अनुसार उत्तर कोरिया सँग ६० लाख सैनिकसहितको सेना छ । जसको प्रयोग जरुरत परेको अवस्थामा गर्न सकिन्छ ।

डेविड का अनुसार उत्तर कोरियाले हाल सालै गरेको परमाणु परीक्षण तथा मिसाइल लञ्चसँगै अमेरिकामाथि हमलाको सम्भावना बढेको छ ।

“यदी किम जोन उनले हमला गर्न चाहे भने उत्तर कोरियाका कमाण्डरले आगो वर्षाउने आदेश दिन सक्छन् र दक्षिण कोरियामा ठूलो क्षति पुग्न सक्छ ।“

जानकारका अनुसार “पहिले केही घण्टामा सयौ हजारौ मिसाइल छाड्न सक्छन्र जसले सियाललाई पूर्ण रुपमा खतम गर्न सक्छ । “

केही मिनेटमा नै मिसाइल उत्तर कोरियाबाट सियोल पुग्ने छ । जहाँ अढाइ करोड मानिस बस्छन् । र, यति धेरै मानिसलाई बचाएर सुरक्षित स्थानमा लैजान सम्भव हुने छैन ।

डेविड भन्छन्, “अनुमानहरुका अनुसार युद्धको पहिलो दिन ६४ हजार मानिसको मृत्यु हुन सक्छ । त्यसपछिको हानी कल्पना गर्न सकिँदैन ।

salt training

कमेन्ट गर्नुहोस्