२३ जेठ २०८३, शनिबार

बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

कात्तिक २०, २०७४
बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

पोखरा, ३० भदौ । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । 

उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । 

त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताउनुभयो । 

पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु .तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ । 

यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिनुभयो । रासस 
 
 
 
 
 
 
 
 

salt training

कमेन्ट गर्नुहोस्