०१ असार २०८३, सोमबार

२० बर्षीया यी युवती केवल धनी र बुढो व्यक्तिसँग मात्रै डेटिङ जाने गर्छिन्

कात्तिक २०, २०७४
२० बर्षीया यी युवती केवल धनी र बुढो व्यक्तिसँग मात्रै डेटिङ जाने गर्छिन्
काठमाडौं– भनिन्छ प्रेमले समय र उमेर भन्दैन् । तर आजको समयमा प्रेमलाई पैसाले छोप्दै लगेको पाइन्छ । अमेरिकाको विस्कान्सिनमा बस्ने २० बर्षीया एलिसा रैमोस डेटिङ जाँदा केवल धनीमूलका बुढो व्यक्तिहरुसँग मात्रै जाने गर्छिन् ।


निकै नै सुन्दरी एलिसा यात्रा गर्दै डेटिङ जान मनपराउँछिन् । उनी डेटिङ वेब साइटमा केवल धनी र बुढ्यौली उमेरका व्यक्तिहरुसँग मात्रै च्याट गर्छिन् । यदि दुबैले एकअर्कालाई मनपराएमा उनीहरु सुन्दर डेटिङ स्थलमा घुम्ने जाने गर्छन् ।

घुम्न गएको सबै खर्च उनी धनी बुढो व्यक्तिहरुसँग उठाउँछन् । तर एलिसा भने यसलाई वेश्यावृति मान्दैनन् । उनका अनुसार उनी केवल डेटिङका लागि मात्रै घुम्न जाने गर्छिन् । आजसम्म कोहीसँग पनि शारीरिक सम्बन्ध नराखेको उनी दाबी गर्छिन् ।

डेटिङको लागि हरेक हप्ता नयाँ ठाउँमा जान्छिन्
एलिसाले ५ महिनाअघि टिन्डर ज्वाइन गरेकी थिइन् । कमै उमेरमै उनले धेरै राष्ट्र घुमिसकेकी छिन् । हरेक हप्ता उनी नयाँ ठाउमा डेट गर्न जान्छिन् । यसको लागि उनी आफ्नो एक रुपैयाँ पनि खर्च गर्दैनन् ।

राजकुमारी जस्तै ठान्छिन्
एलिसालाई आफू कम उमेरमै वल्र्ड घुम्न पाएकोमा निकै खुशी लाग्छ । उनी आफूलाई राजकुमारीकै रुपमा ठान्छिन् ।

बिकिनी मोडल हुन् एलिसा
पेशाका रुपमा एलिसा बिकिनी मोडल हुन् । केवल घुम्नका लागि मात्रै डेटिङ जाने एलिसा बताउँछिन् । र त्यसको लागि उनी बेभसाइटमा बुढो उमेरका धनी व्यक्तिहरुसँग मात्रै च्याट गर्छिन् । दैनिक भास्कर

salt training

कमेन्ट गर्नुहोस्