२८ जेठ २०८३, बिहीबार

सगरमाथामा रुसको दाबी !

कात्तिक २०, २०७४
सगरमाथामा रुसको दाबी !

काठमाडौं, ३० भदौ — बेलायतस्थित रुसी दूतावासले आफ्नो ट्विटर अकाउन्टमा सगरमाथा रुसको हो भनी लेखेको पाइएको छ । सोमवार उसले गरेको गलत ट्विट पछि डिलिट गरेको थियो ।


गल्ती ट्विट अनुवादमा यस्तो थियो, ‘शुभ प्रभात ! (सगरमाथा, रुस) ।’ अनि सगरमाथाको तस्वीर ट्विटमा जोडिएको थियो ।

नेपालमा भएको सगरमाथा सबभन्दा नजिकैको रुसी सीमाबाट पनि २५ सय किलोमिटर टाढा छ ।

दूतावासले गरेको यो गल्तीलाई ट्विटर प्रयोगकर्ताहरूले खुबै उडाए ।

जेसन कोरकोरान नामक प्रयोगकर्ताले ‘क्राइमिया खाएर मात्र पुगेन’ भनी लेखे ।

सोमवार बिहान गरिएको ट्विट दिउँसोसम्ममा हटाइसकिएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्