३१ जेठ २०८३, आइतबार

नागढुंगा–नौबिसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुँदै

साउन २२, २०८०
काठमाडौं
नागढुंगा–नौबिसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुँदै
प्रतिकात्मक तस्वीर

नागढुंगा–नौबिसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज सोमवार ‘ब्रेक थ्रू’ हुँदैछ ।

विक्रम संवत् २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’को सोमवार खनिसकिने छ ।

सोमवार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीले बताए ।

साढे २ किलोमिटर लम्बाइ रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २ दशमलव ६ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको ५०६ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्