
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिरनजिकै सोमवार जीपमाथि पहिरो खस्दा ३ जना घाइते भएका छन् ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु२च २८४९ नम्बरको जीप पहिरोमा परेको थियो । उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
बिहान करीब साढे ६ बजे घटना भएको हो । सडक हाल सञ्चालनमा नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।