१७ असार २०८३, बुधबार

नाबालकको हत्या आरोपमा आमाबुवा पक्राउ

साउन २२, २०८०
बाग्लुङ
नाबालकको हत्या आरोपमा आमाबुवा पक्राउ
प्रतिकात्मक तस्वीर

बागलुङमा २ महिनाको नाबालकको हत्या आरोपमा आमाबुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

साउन १८ गते बिहीवार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस/तानातान गर्ने क्रममा आफ्नै घरभित्र भूइँमा खसी बजारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ  । 

प्रहरीले घटनाको विषयमा ३ दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला अदालत बागलुङमा आइतवार ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्