
गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ। जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव सुरेश सुनारलाई दिइएको छ ।
सुनार मोरङमा सहायक प्रजिअका रूपमा कार्यरत थिए । बाँकेमा सहायक प्रजिअ तथा डोल्पा र बझाङमा प्रजिअ भैसकेको अनुभव उनीसँग छ । यसअघि जाजरकोटमा सीडीओको पद रिक्त थियो ।
यस्तै अछाममा उपसचिव शरदकुमार पोखरेलले सीडीओको जिम्मेवारी पाएका छन् । आछामका सीडीओ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेका थिए ।
पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशकसमेत भैसकेका छन् । उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअ भएर काम गरिसकेका छन् ।