११ असार २०८३, बिहीबार

नेपाल लाइफको तीन दिवसीय ‘बिजनेस एक्सलेन्स कन्फ्रेन्स’ सम्पन्न

साउन २२, २०८०
काठमाडौं
नेपाल लाइफको तीन दिवसीय ‘बिजनेस एक्सलेन्स कन्फ्रेन्स’ सम्पन्न

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेस एक्सलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो । 

सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङ्मा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरूको सहभागिता थियो । पानसमा दीप प्रज्वलनगरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक कृष्ण राज लामिछाने, शक्तिकुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको समुद्घाटन गरेका थिए ।  

null

सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा कर्मचारीलाई धन्यवाद ज्ञापन गरे । आगामी दिन थप चुनौतिपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ कार्यसम्पादन गर्न आग्रह गरे । 

सम्मेलनमा . संचालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीहरूले गत आवा मा गरेको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे ।  

संचालक शक्ति गोल्यानले कर्मचारीहरूको मनोबललाई उच्च राख्न सञ्चालक समितिले सदैव साथ दिने कुरा बताए । आउने समय त्यति सहज नहुने हुँदा त्यसका लागि पुर्व तयारी गरी कार्यसम्पादन गर्न उनले आग्रह गरे । 

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारीलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद दिँदै चालु वर्षको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्