×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही १० लाख थपिए, आर्थिक भार चार गुणा बढ्यो

काठमाडाैं | साउन २२, २०८०

NTC
Premier Steels
  • –हेमन्त जोशी र सीता भट्टराई

पछिल्लो पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या करिब दश लाखले बढेको छ ।  लाभग्राहीको सङ्ख्या बढेसँगै सरकारले सामाजिक सुरक्षातर्फ व्यहोर्नुपर्ने दायित्वको अंश करिब चार गुणाले बढेको छ ।

Muktinath Bank

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डा प्रकाशशरण महतले तलबभत्ता, प्रशासनिक खर्च, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीका लागि मात्रै सरकारले १२ खर्ब ८० अर्ब रुपैयाँ बराबर विनियोजन गर्नुपरेको उल्लेख गरेका थिए । यी शीर्षकको खर्च सरकारको अनिवार्य दायित्व हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको सरकारले सामाजिक सुरक्षातर्फ खर्च गर्न मात्रै वार्षिक विनियोजनको नौ प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब ७३ करोड बराबर छुट्याइएको छ । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले गैरयोगदानमूलक कार्यक्रमका रूपमा सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । 


Advertisment
Nabil box
Kumari

लाभग्राहीको सङ्ख्या बढेसँगै त्यसको दायित्व बहनका लागि सरकारलाई आर्थिक भार पनि क्रमशः बढ्दो क्रममा छ । सामाजिक सुरक्षातर्फ सरकारलाई बर्सेनि बढिरहेको दायित्वबारे गम्भीर भएर सोच्नुपर्ने र सामाजिक सुरक्षा कार्यक्रमलाई पुर्नपरिभाषित गर्नुपर्ने बेला आएको अर्थतन्त्रका जानकार बताउँछन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्पराज कँडेल सामाजिक सुरक्षाका कार्यक्रमबाट राज्यलाई पर्न गएको भारलाई सन्तुलन र व्यवस्थित बनाउन आवश्यक भइसकेको बताउँछन् । 

Vianet communication

नेपालको औसत आयु बढिरहँदा बृद्धभत्ता पाउने उमेर हद बढाउनुपर्ने र दोहोरो सुविधा हटाइनुपर्ने उनको भनाइ छ । “नेपालीको औसत आयु बढेसँगै वृद्धभत्ता पाउने उमेर हद बढाउँदै लैजान आवश्यक छ । नक्कली बिल भरपाई बनाई दोहोरो सुविधा लिने लाभग्राहीलाई कडा सजायको व्यवस्था गरी राज्यको सम्पत्ति दुरूपयोग हुनबाट जोगाउनुपर्छ”, कँडेलले भने, “लोककल्याणकारी राज्यमा सरकार सामाजिक सुरक्षाको दायित्वबाट अलग हुन सक्दैन । वास्तविक लाभग्राहीलाई भत्ताबाट बञ्चित नबनाउने र दुरूपयोगबाट जोगाउने काम सरकारले गर्नुपर्छ ।” 

पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको सामाजिक सुरक्षातर्फको दायित्वलाई व्यवस्थित गर्न भत्ता आवश्यक पर्ने लक्षित वर्गको पहिचान गरी त्यसको वितरण प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको धारणा अर्थविद् डा चन्द्रमणि अधिकारी राख्छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही पहिचानमा राज्य चुकेको उनको बुझाइ छ ।   “जसलाई सामाजिक सुरक्षा भत्ता आवश्यक छ सोही वर्गलाई जीवन धान्ने गरी दिनुपर्छ । आर्थिक रूपमा सम्पन्न वर्गलाई पनि भत्ता वितरण गरी राज्यमाथि आर्थिक भार थप्नु ठीक होइन । राज्यको अनिवार्य दायित्वको रूपमा रहेको सामाजिक सुरक्षा भत्तालाई अब नयाँ ढङ्गले सोच्न आवश्यक छ” उनले भने ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमको परिभाषा, मापदण्डलाई समयानुकूल परिमार्जन गरी सोहीअनुरूप कार्यविधि तयार पार्नुपर्ने उनको भनाइ छ । सामाजिक सुरक्षा वितरणका लागि नीतिगत सुधारमार्फत् दोहोरो सुविधा हटाउनुपर्ने, उमेर हदलाई बैज्ञानिक बनाई बढ्दो भारलाई सन्तुलिन गर्न सकिने उनी बताउँछन् । 

कति छन् सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही ? 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गतको सामाजिक सुरक्षा शाखाका अनुसार आव २०७५/७६ मा सामाजिक सुरक्षा भत्ता पाउने मानिसको सङ्ख्या २८ लाख २७ हजार पाँच सय १८ थियो । गत आव २०७९/८० सम्म आइपुग्दा यस्तो सङ्ख्या ३८ लाख दुई सय ७७ जना पुगेको छ । यो तथ्याङ्क हेर्दा पछिल्लो पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या नौ लाख ७२ हजार सात सय ५९ जनाले बढेको छ । सामाजिक सुरक्षा ऐन, २०७५ को पछिल्लो संशोधित व्यवस्थाअनुसार ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, लोपोन्मुख जातिलाई सामाजिक सुरक्षा भत्ता पाउने अधिकार रहेको छ । 

आव २०७६/७७ मा कुल भत्ता पाउने लाभग्राहीको सङ्ख्या तीस लाख ६२ हजार दुई सय २७ जना थियो । जुन अघिल्लो आवको तुलनामा दुई लाख ३४ हजार सात सय नौ जनाले बढी हो । त्यस्तै आव २०७७/७८ मा यस्तो भत्ता पाउने लाभग्राहीको सङ्ख्या ३४ लाख ५५ हजार चार सय ४६ जना पुगेको देखिन्छ । जुन त्यो भन्दा अघिल्लो आवको तुलनामा तीन लाख ९३ हजार दुई सय १९ ले बढी हो ।

सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीको सङ्ख्या अघिल्लो आव २०७८/७९ मा ३६ लाख दुई हजार सात सय पाँच पुगेको देखिन्छ । जुन यस अघिको आवको तुलनामा एक लाख ४७ हजार दुई सय ५९ ले बढी हो भने गत आवमा आव २०७८/७९ को तुलनामा एक लाख ९७ हजार पाँच सय ७२ ले बढी हो ।

लोककल्याणकारी राज्यको उद्देश्य प्राप्तिका लागि ‘कोखदेखि शोकसम्म सामाजिक सुरक्षा’ भन्ने नारा लिएर गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवनचक्रका सबै चरणमा सामाजिक सुरक्षाको प्रत्याभूत गराउने सरकारको नीति छ । चालु आव २०८०/८१ का लागि मात्रै सरकारले ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा कार्यक्रमका लागि एक खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ । 

सरकारी वा सार्वजनिक पदमा वहाल रहेको व्यक्ति, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका सङ्गठित संस्थाबाट नियमित रूपले पारिश्रमिक, निवृत्तीभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहको व्यक्तिले भने सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । भत्ता वितरणका लागि वास्तविक लाभग्राही पहिचानमा समस्या हुने गरेको, दोहोरो सुविधा लिने गरेको, लाभ लिनुपर्ने केहि व्यक्ति छुटेकोलगायतका समस्या विगत वर्षदेखि नै सुनिने गरेका छन् । 

अहिले सामाजिक सुरक्षा भत्ताको भुक्तानी बैंकिङ प्रणालीबाट हुने भएकाले विगतमा जस्तो दोहोरोपन नरहेको र पारदर्शीता बढेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गतको सामाजिक सुरक्षा शाखाका निर्देशक दिलकुमार तामाङ बताउँछन् । “भत्ता पाउनुपर्नेले नपाएको, मृत्यु भइसकेकाले लगत कट्टा नगरेको लगायतका केही त्रुटिलाई विभागले नियमित अनुगमन र नियमन गरिरहेको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमिततालाई रोक्न बैङ्कि प्रणालीमा आवद्ध भएका हौँ । यसलाई अझ थप प्रभावकारी बनाउन विद्युतीय माध्यमबाट (इएफटी) रकम भुक्तानी गर्ने क्रममा छौँ” उनले भने ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई थप व्यवस्थित बनाउन विभाग यो वर्षभरिमा सबै पालिकामा विद्युतीय भुक्तानी प्रणाली (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर–इएफटी) बाट भत्ता वितरण गर्ने तयारीमा रहेको निर्देशक तामाङ्ले जानकारी दिएयो । “गत आर्थिक वर्षमा ५० वटा पालिकामा इएफटी लागु गरेका थियौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ९० पालिकामा गरिसक्ने र वर्षभरिमा सबै पालिकामा इएफटीबाट भत्ता वितरण गर्ने योजनामा छौँ” उनले भने । 

यसअघि सामाजिक सुरक्षाको रकम स्थानीय तहले तयार पारेको लाभग्राहीको अद्यावधिक विवरण र भुक्तानी आदेशको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सम्बन्धित लाभग्राहीको बैंक खातामा भुक्तानी हुने गरेको थियो । अब इएफटीमा आवद्ध भएसँगै सिधैँ पालिकाले लाभग्राहीको खातामा भत्ता जम्मा गर्न सकिने जनाइएको छ । लाभग्राहीको सङ्ख्यामा भएको वृद्धिसँगै प्रत्येक वर्ष खर्च निकासा बढिरहेको बताउँदै निर्देशक तामाङले भत्ता वितरणलाई थप व्यवस्थित बनाउन विभागले अध्ययन गरिरहेको समेत जानकारी दिए ।

पछिल्लो पाँच वर्षमा चार गुणाले बढ्यो आर्थिक दायित्व  

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या बढेसँगै यसका लागि सरकारले बर्सेनि व्यहोर्दै आएको आर्थिक दायित्व पनि थपिँदै गएको छ । विभागका अनुसार आव २०७५/७६ का लागि सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनका लागि ४० अर्ब ९९ करोड १३ लाख ८६ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये उक्त आवमा ४० अर्ब २१ करोड ९६ लाख ७९ हजार बराबर खर्च भएको थियो । यस्तो रकम चालु आवसम्ममा आइपुग्दा एक खर्ब ५७ अर्ब ७३ करोड बराबर पुगेको छ । जुन करिब चार गुणाले वृद्धि हो । 

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आव २०७६/७७ का लागि ६८ अर्ब ३१ करोड चार लाख ७८ हजार बराबर विनियोजन भएकोमा ६६ अर्ब २२ करोड १७ लाख ५२ हजार बराबर खर्च भएको थियो । त्यस्तै, आव २०७७/७८ का लागि सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनका लागि ७० अर्ब ३९ करोड छुट्याएकामा ६८ अर्ब ६५ करोड बराबर खर्च भएको देखिन्छ । त्यस्तै अघिल्लो आव २०७८/७९ मा ९८ अर्ब एक करोड विनियोजन भएकोमा रू ९६ अर्ब ६ करोड बराबर खर्च भएको थियो । त्यस्तै, २०७९/८० मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले एक खर्ब पाँच अर्ब ७१ करोड बराबर विनियोजन गरेको थियो । जुन रकम गत आर्थिक वर्षका लागि सरकारले गरेको कुल बजेट विनियोजनको करिब छ प्रतिशत बराबर हो ।

कस्ता व्यक्तिले पाउँछन् सामाजिक सुरक्षा भत्ता ? 

सामाजिक सुरक्षा ऐनको व्यवस्थाअनुसार ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक र दलित नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख जाति र बालबालिका गरी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही आठ प्रकारका रहेका छन् । गत असार मसान्तसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही सङ्ख्याको आधारमा ६८ वर्ष उमेर पुगेका १६ लाख २७ हजार नौ सय २१ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । ज्येष्ठ नागरिकले मासिक चार हजा वृद्धभत्ताका रुपमा पाइरहेका छन् । 

साठी वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरूका नागरिक र दलित समुदायका व्यक्तिले मासिक दुई हजारका दरले भत्ता पाउँछन् । गत असार मसान्तसम्ममा यस्तो भत्ता पाउने व्यक्तिको सङ्ख्या एक लाख ६९ हजार चार सय २३ जना रहेको छ । त्यस्तै, ६० वर्ष उमेर पुगेका सम्बन्धविच्छेद गरी अर्को विवाह नगरेका वा न्यायिक पृथकीकरण गरी बसेका महिलालाई र पतिको मृत्यु भएको ६० वर्ष उमेर पुगेका एकल महिला लाभग्राहीको सङ्ख्या दुई लाख १२ हजार छ सय ७० रहेको छ । यस्ता व्यक्तिलाई मासिक दुई हजार छ सय ६० का दरले भत्ता वितरण हुने गरेको छ । पतिको मृत्यु भएका विधवा महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ६१ जना रहेको छ । विधवालाई मासिक दुइ हजार छ सय ६० दरले सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ । 

पूर्ण अपाङ्गता भएका ‘क’ वर्ग’ अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका व्यक्तिले मासिक तीन हजार नौ सय ९० दरले भत्ता पाउँछन् । गत असार मसान्तसम्ममा यस्ता सुविधा पाउने लाभग्राहीको सङ्ख्या ६६ हजार दुई सय ८१ जना रहेको छ । अति अशक्त अपाङ्गता भएका ‘ख वर्ग’ अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका एक लाख ३८ हजार सात सय १६ लाभग्राही छन् । उनीहरुलाई मासिक रू दुइ हजार एक सय २८ बराबर भत्ता वितरण हुने गरेको छ । 

लोपोन्मुख आदिवासी तथा जनजातिअन्तर्गतका कुुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया गरी २२ हजार दुई सय आठ जनालाई मासिक तीन हजार नौ सय ९० का दरले भत्ता वितरण भइरहेको छ । सरकारले तोकेका निश्चित क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाँघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानसम्मले मासिक रू पाँच सय ३२ का बराबर सामाजिक सुरक्षा भत्ता पाउँछन् । यस्तो सुविधा पाउने लाभग्राहीको संख्या गत असार मसान्तसम्ममा १२ लाख एक हजार आठ सय ९७ जना रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x