२४ जेठ २०८३, आइतबार

संसद् चल्दैन, बार्गेनिङ मात्र चल्छ : रवि लामिछाने

साउन २२, २०८०
काठमाडौं
संसद् चल्दैन, बार्गेनिङ मात्र चल्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नियमित चल्न नसक्नु दु:खद् भएको बताएका छन् । आज दिउँसो बस्ने भनिएको प्रतिनिधि सभा बैठक अपराह्नसम्म नबसेपछि उनले सामाजिक सञ्जालमार्फत् दु:ख व्यक्त गरेका हुन् । 

उनले कयौं कानून बनाउनु पर्ने र जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुपर्ने भए पनि संसद्‍मा बार्गेनिङ मात्रै चलेको बताएका छन् । 'वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं,' उनले भनेका छन्, 'कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..'

संसद्मा जारी गतिरोध अन्त्य गर्न भन्दै प्रमुख तीन दलका शीर्ष नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा आजै दिउँसो तीन नेताबीच २ घण्टा लामो छलफल चलेको थियो ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागमा सत्तापक्ष सहमत नहुँदा गतिरोध अन्त्य भएको छैन । 

दलहरूबीच सहमतिको प्रयास जारी रहेको भन्दै दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन । 

सुन तस्करीको उच्चस्तरीय छानबिन माग गर्दै एमालेले साउन १० गते प्रतिनिधि सभा अबरुद्ध गरेको थियो । त्यससताका बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्