२२ जेठ २०८३, शुक्रबार
हटेन संसद्को गतिरोध

दोस्रो बैठकमा पनि जुटेन सहमति, फेरि सूचना टाँसेर स्थगित भयो संसद् बैठक

साउन २२, २०८०
काठमाडौं
दोस्रो बैठकमा पनि जुटेन सहमति, फेरि सूचना टाँसेर स्थगित भयो संसद् बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागमा सहमति जुट्न नसकेपछि सोमवार बस्ने भनिएको प्रतिनिधि सभा बैठक पुन: स्थगित भएको छ । आज बस्ने भनिएको बैठक सूचना टाँस गरेर मंगलवार सम्मको लागि स्थगित भएको हो । 

एमालेको अडामा सत्तापक्ष सहमत हुन नसकेपछि बैठक मंगलवार दिउँसो ३ बजेसम्म स्थगित भएको हो ।

ससद् भवनस्थित सभामुखको कार्यकक्षमा सोमवार अपराह्न बसेको बैठकमा पनि एमालेले विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान राखेको थियो । जसमा सत्ता पक्षले सहमति जनाएन ।

त्यसअघि प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सिंहदरवारमा दुई घण्टा छलफल भएको थियो । सुन तस्करीको उच्चस्तरीय छानबिन मागगर्दै एमालेले साउन १० गते प्रतिनिधि सभा अबरुद्ध गरेको थियो ।

त्यस यताका बैठक सूचना टाँसेर स्थगित हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्