२३ असार २०८३, मंगलबार

नेप्से परिसूचक घट्यो, दुई अर्ब ३३ करोडको कारोबार

साउन २२, २०८०
काठमाडौं
नेप्से परिसूचक घट्यो, दुई अर्ब ३३ करोडको कारोबार

यो साता कारोबारको पहिलो दिन हिजो आइतवार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (सोमवार) दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अङ्कले घटेको हो । उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अङ्कले बढेको छ । विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन चार दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ । 

त्यस्तै, निर्जीवन बीमा समूह सात दशमलव ७३ र व्यापार २७ दशमलव १५ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य छ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको रू ४३ करोड ६२ लाख ५९ हजार तीन सय ४८ बराबरको सात लाख एक हजार आठ सय तीन कित्ता शेयर किनबेच भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्