२६ जेठ २०८३, मंगलबार

पाकिस्तानमा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १०० भन्दा बढी घाइते

साउन २२, २०८०
काठमाडौं
पाकिस्तानमा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १०० भन्दा बढी घाइते
तस्वीर : एपी

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतवार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतवार रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको दुर्घटनामा कम्तीमा १०० भन्दा बढी घाइते भएका छन् ।

सिन्धप्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौवटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रुको उद्धार कार्य जारी रहेको जानकारी दिए ।

उनले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची पुर्‍याइएको बताए । 

कराँचीबाट देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो ।

रेलमन्त्री ख्वाजा साद रफिकले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको र रेलमा ‘आक्रमण’पछि दुर्घटना भएको हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्