०९ असार २०८३, मंगलबार

बारामा १५७ केजी गाँजासहित ७ जना पक्राउ

साउन २२, २०८०
बारा
बारामा १५७ केजी गाँजासहित ७ जना पक्राउ

 १ सय ५७ किलो लागूऔषध गाँजासहित ७ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बाराको टोलीले हिजो (आइतवार) बेलुका ६ बजे जितपुर सिमरा उपमहानरपालिका–२२ को जंगलबाट बरामद गरेको एसपी होविन्द्र बोगटीले बताए । 

उनका अनुसार इलाका प्रहरी कार्यालय सिमराका इलाका पति डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले गाँजासहित ७ जनलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हेटौंडा उपमहानरपालिका–१ का ३९ वर्षीय रोशन नेगी, भारत बहराइजका अलि अमहद भाट, भारत महोतीका २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार, २५ वर्षीय जागिरदिन मियाँ, मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ३० वर्षीय मुकेश लामा र जितपुर सिमराका २२ वर्षीय बुद्ध पाख्रिन गरेका छन् । 

प्रहरीले उनीहरूको साथबाट भारतीय १ वटा स्कोरपियो र भारतीय मोटरसाइकल समेत बरामद गरेको छ । लागूऔषध मुद्दामा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्