रुसले सोमवार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ ।
विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर अगाडि बढिसकेको रुसको दाबी छ ।
युक्रेनी प्रतिरक्षालाई पार गर्दै अगाडि बढेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
लामो समयदेखि जारी युक्रेन युद्ध टुंगिने कुनै संकेत देखिएको छैन ।