२१ जेठ २०८३, बिहीबार

श्रीलङ्काका १२ जिल्लामा खानेपानी अभाव

साउन २२, २०८०
काठमाडौं
श्रीलङ्काका १२ जिल्लामा खानेपानी अभाव

श्रीलङ्काका १२ जिल्लामा खडेरीका कारण खानेपानीको अभाव भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले सोमबार जनाएको छ।
 डीएमसीका महानिर्देशक सुदन्थ रणसिङ्घेले ४८ हजारभन्दा बढी घरपरिवारका १ लाख ५६ हजार मानिस खडेरीबाट  प्रत्यक्ष प्रभावित भएको बताएका छन् ।
यी घरधुरीलाई खानेपानी उपलब्ध गराउन केन्द्रले  आवश्यक कदम चालेको पनि उनले बताए ।
डीएमसीका अनुसार दक्षिण एसियाली टापु देशमा खडेरी सामान्यतया मनसुन  शुरु हुने ढिलाइ वा वर्षाको अस्थायी परिवर्तनशीलताका कारण हुने गर्दछ  । 

salt training

कमेन्ट गर्नुहोस्