१० असार २०८३, बुधबार

खोलाले बगाउँदा १ जना बेपत्ता

साउन २४, २०८०
महोत्तरी
खोलाले बगाउँदा १ जना बेपत्ता
प्रतिकात्मक तस्वीर

महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन् ।

मरहा खोलाले मंगलवार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्