१६ असार २०८३, मंगलबार

आज राष्ट्रियसभा बैठक बस्दै

साउन २४, २०८०
काठमाडौं
आज राष्ट्रियसभा बैठक बस्दै
फाइल फोटो

राष्ट्रियसभा बैठक आज बुधवार दिउँसो १ बजे बस्दैछ ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेश गर्ने र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्