१५ असार २०८३, सोमबार

सप्तरीको तीलाठी कोइलाडीका २५ घर डुबानमा

साउन २४, २०८०
सप्तरी
सप्तरीको तीलाठी कोइलाडीका २५ घर डुबानमा

​तीन दिनदेखिको वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त वस्तीमा पानी जमेको छ । 

निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तीलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । बाढी पसेका घरका सर्वसाधारण सुरक्षित स्थानतर्फ गएका छन् । बाढीबाट चार घरमा क्षति पुगेको छ ।

अत्यधिक वर्षाका कारण वेल्हीस्थित राजविराज भन्सार कार्यालय, हटिया बजार, गजेन्द्रनारायण सिंह अस्पताल परिसरलगायतका स्थान डुबानमा परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्