१० असार २०८३, बुधबार

मकवानपुरमा विषालु च्याउ खाँदा एकै परिवार तीनसहित ६ जना बिरामी

साउन २४, २०८०
मकवानपुर
मकवानपुरमा विषालु च्याउ खाँदा एकै परिवार तीनसहित ६ जना बिरामी
फाइल फोटो

जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् । 

राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष  चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताए । विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।

च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरूलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसीयु सहितको थप उपचार आवश्यक परेकाले भरतपुर पठाइएको त्यहाँका प्रमुख प्रकाश कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्