१२ साउन २०८३, मंगलबार
संसदमा गतिरोध

एमाले बोल्दै गर्दा संसद्मा कांग्रेस–माओवादीको होहल्ला, शुक्रवारसम्मलाई स्थगित भयो प्रतिनिधिसभा

साउन २४, २०८०
काठमाडौं
एमाले बोल्दै गर्दा संसद्मा कांग्रेस–माओवादीको होहल्ला, शुक्रवारसम्मलाई स्थगित भयो प्रतिनिधिसभा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक शुक्रवारसम्मका लागि स्थगित भएको छ ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले सांसदहरूले अवरोध गरेपछि बैठक शुक्रवारसम्मका लागि स्थगित भएको हो । 

बुधवार बसेको बैठकको शुरूमै एमाले सांसदहरू उठेर विरोध जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिए । 

थापाले बोल्न शुरू गरेपछि सत्तापक्षका सांसदहरू उठेर बोल्न समय माग गरेका थिए ।

त्यसपछि संसद्मा एकछिन होहल्ला भयो । थापाले छानबिन समिति गठनको माग गरेका थिए । 

त्यसपछि सभामुख घिमिरेले शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।

सुन तस्करी सम्बन्धमा छानबिनको माग गर्दै एमालेले साउन १० देखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

सुन तस्करीको छानबिन सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिजो संसद्मा सम्बोधनमार्फत सरकारका तर्फबाट प्रतिबद्धता जनाए पनि एमालेले अवरोध कायम राखेका छ । 

गृहमन्त्री श्रेष्ठले सीआईबीले गरेको छानबिन निष्कर्षमा पुग्न नसके छानबिन समिति गठन गर्न सकिने संसद्मा स्पष्ट पारेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्