१५ असार २०८३, सोमबार

पृथ्वीराजमार्गको कन्टारमा सडक भासियो, राजमार्ग पूर्णरुपमा अवरुद्ध

साउन २४, २०८०
काठमाडौं
पृथ्वीराजमार्गको कन्टारमा सडक भासियो, राजमार्ग पूर्णरुपमा अवरुद्ध
फाइल फोटो

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो १२ः३० बजे कन्टारमा सडक भासिएको हो । 

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत काम भइरहेकाले सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, “सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ, सडक मर्मतका लागि समय लाग्ने देखिएको छ ।”

प्रहरीले दमौलीबाट पोखरातर्फ जानेका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुई पिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाउन थालेको छ । उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ । 

यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत व्यास–१२ देउरालीमा मङ्गलवार बिहान ११ बजे भासिएको सडक आजसम्म पनि एकतर्फीमात्रै सञ्चालनमा छ ।

salt training

कमेन्ट गर्नुहोस्