०९ असार २०८३, मंगलबार

नेपालगञ्जमा १५ वर्षीया किशोरी बलात्कृत, दैलेख दुल्लुका युवक पक्राउ

साउन २४, २०८०
बाँके
नेपालगञ्जमा १५ वर्षीया किशोरी बलात्कृत, दैलेख दुल्लुका युवक पक्राउ
फाइल फोटो

बाँकेमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका ६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावल रहेका छन् । उनलाई मंगलवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रावलले ती किशोरीलाई गत बिहीवार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके पुर्‍याएका थिए । पछि उनले नेपालगञ्ज  उपमहानगरपालिका १ पुष्पलाल चोकस्थित एक होटलमा लगेर बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्