२९ जेठ २०८३, शुक्रबार
अधिवक्ता पाण्डेको अभिव्यक्ति विरुद्धको आन्दोलन

टेकुमा प्रहरी ज्यादती भएको सरकारको ठहर छ, दोषीमाथि कारबाही हुन्छ – प्रचण्ड

साउन २४, २०८०
काठमाडौं
टेकुमा प्रहरी ज्यादती भएको सरकारको ठहर छ, दोषीमाथि कारबाही हुन्छ – प्रचण्ड

अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी परिसर टेकुमा जनजाति कलाकारले गरेको प्रदर्शनमा प्रहरीबाट ज्यादती भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वीकार गरेका छन् । नियन्त्रणमा लिएर यातना दिने प्रहरी अधिकारीमाथि कारबाही गर्ने उनले बताए । 

विश्व आदिवासी दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले जातीय सद्भावविरुद्ध अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई समेत कारबाही गर्ने बताएका हुन् । ‘त्यो घटनासँग जोडिएर आवाज उठाउने अधिकारकर्मीमाथि प्रहरीको ज्यादती भएको ठहर हामीले गरेका छौं । नियन्त्रणमा लिएर जुन किसिमको यातना दिइएको छ, दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको छ’ प्रचण्डले भने ।​

बहुजातीय समाजमा कुनै पनि भाषा, संस्कृतिमाथिको अपमान सहन नसकिने प्रचण्डले बताए । ‘भगवती पाण्डेको अभिव्यक्ति बारे जुन संवेदनशीलता पैदा भएको छ, त्यसमा सरकार गम्भीर छ । हिजो गृह र प्रहरी अधिकारी राखेर घटनाक्रमको समीक्षा भएको छ, दोषीलाई कारबाहीको प्रक्रिया शुरु भएको छ । बहुजातीय बहुभाषिक र सामाजिक सद्भाव रहेको समाजमा कुनै पनि भाषा संस्कृतिमाथिको अपमान सहन सकिने कुरा होइन’ प्रचण्डले भने ।

‘नेपालका निश्चित जातिले हाडनाता भित्र विवाह गरेका कारण अपराधका घटना बढेको’ भन्ने अधिवक्ता पाण्डेको अभिव्यक्तिलाई लिएर जनजाति संगठनहरुले विरोध गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्