धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ कबडहल बस्ने गणेश रायका छोरा १० वर्षीय सुरेन रायको करेन्ट लागेर बुधवार दिउँसो मृत्यु भएको छ ।
फलामको रडले अम्बा टिप्ने क्रममा रड विद्युत्को तारमा छोइएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।