×

NMB BANK
NIC ASIA

आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

काभ्रेपलाञ्चोक | साउन २४, २०८०

NTC
फाइल फोटो
Premier Steels

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गरीब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२, प्रादेशिक सार्वजनिकीकरण’ कार्यक्रममा उनले दरबन्दी र उपकरणको विषयमा समेत व्यवस्थापनको लागि मन्त्रालय गम्भीर भएर लागिरहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य क्षेत्रमा २० प्रतिशत बजेट कम भएको गुनासो गर्दै उनले यसअघि पनि ४० प्रतिशतसम्म कटौती भएको बजेटले स्वास्थ्य क्षेत्रमा नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्न नसकेको बताए । भएका स्रोतसाधनलाई उचित रूपमा सदुपयोग गर्दै आएको बताउँदै मन्त्री बस्नेतले प्रतिफल दिन नसकेको ठाउँमा बजेट कटौती गरेर आवश्यक भएको ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

‘ठूलो उपकरण खरिद गरेर बढी खर्च गर्नेभन्दा पनि साना लगानीको उपकरण खरिद गरेर धेरै ठाउँबाट सेवा प्रवाह गर्ने काममा केन्द्रित भएर लागिरहेको छु,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई आशलाग्दो अवस्थामा पुर्‍याएका छौं ।’

Vianet communication

कतिपय अवस्थामा गर्नुपर्ने नीतिगत सुधारको काममा समेत हेरेर सुधार गर्दै सबैको साथ, सहयोग र सुझावबाट नै अगाडि बढिरहेको उनले बताए ।

मन्त्री बस्नेतले पालिकामा शिलान्यास भएका आधारभूत अस्पताल र त्यसमा आवश्यक पर्ने दरबन्दीको विषयलाई भविष्यमा सम्बोधन गर्दै जाने बताए । उनले सविधानमा उल्लेख भएअनुसार गरीब, विपन्न वर्गका साथै सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफू निरन्तर काम गर्न लागिरहेको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x