२६ जेठ २०८३, मंगलबार

आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

साउन २४, २०८०
काभ्रेपलाञ्चोक
आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गरीब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२, प्रादेशिक सार्वजनिकीकरण’ कार्यक्रममा उनले दरबन्दी र उपकरणको विषयमा समेत व्यवस्थापनको लागि मन्त्रालय गम्भीर भएर लागिरहेको बताए ।

स्वास्थ्य क्षेत्रमा २० प्रतिशत बजेट कम भएको गुनासो गर्दै उनले यसअघि पनि ४० प्रतिशतसम्म कटौती भएको बजेटले स्वास्थ्य क्षेत्रमा नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्न नसकेको बताए । भएका स्रोतसाधनलाई उचित रूपमा सदुपयोग गर्दै आएको बताउँदै मन्त्री बस्नेतले प्रतिफल दिन नसकेको ठाउँमा बजेट कटौती गरेर आवश्यक भएको ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिए ।

‘ठूलो उपकरण खरिद गरेर बढी खर्च गर्नेभन्दा पनि साना लगानीको उपकरण खरिद गरेर धेरै ठाउँबाट सेवा प्रवाह गर्ने काममा केन्द्रित भएर लागिरहेको छु,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई आशलाग्दो अवस्थामा पुर्‍याएका छौं ।’

कतिपय अवस्थामा गर्नुपर्ने नीतिगत सुधारको काममा समेत हेरेर सुधार गर्दै सबैको साथ, सहयोग र सुझावबाट नै अगाडि बढिरहेको उनले बताए ।

मन्त्री बस्नेतले पालिकामा शिलान्यास भएका आधारभूत अस्पताल र त्यसमा आवश्यक पर्ने दरबन्दीको विषयलाई भविष्यमा सम्बोधन गर्दै जाने बताए । उनले सविधानमा उल्लेख भएअनुसार गरीब, विपन्न वर्गका साथै सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफू निरन्तर काम गर्न लागिरहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्