०४ साउन २०८३, सोमबार

पाकिस्तानमा संसद् भंग, यसरी तय गरिनेछ कामचलाउ प्रधानमन्त्रीको नाम

साउन २५, २०८०
काठमाडौं
पाकिस्तानमा संसद् भंग, यसरी तय गरिनेछ कामचलाउ प्रधानमन्त्रीको नाम

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज शरीफसँगको सिफारिसमा मध्यराति संसद् भंग गरेका छन् । 

संसद्को तल्लो सदनको ५ वर्षे कार्यकाल पूरा हुनुभन्दा ३ दिनअघि संसद् भंग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संविधानको धारा ५८ अनुसार संसद् भंग गरिएको छ । प्रधानमन्त्री शरीफले संसद् विघटनका लागि राष्ट्रपति अल्वीलाई सिफारिस गरेका थिए ।

संविधानअनुसार अब ३ दिनभित्र कामचलाउ प्रधानमन्त्रीको नाम तय हुनेछ । प्रधानमन्त्री शरीफ र प्रतिपक्षी दलका नेताले कामचलाउ प्रधानमन्त्री तय गर्नेछन् । प्रधानमन्त्रीको नाममा सहमति नभए संसद्का सभामुखले गठन गरेको समितिसामु मामिला पठाइनेछ । समितिले ३ दिनभित्र कामचलाउ प्रधानमन्त्री तय गर्ने प्रावधान छ । समितिले पनि नाम तय गर्न नसकेमा प्रधानमन्त्रीका दाबेदारको नाम निर्वाचन आयोगमा पठाएर आयोगले अन्तिम निर्णय लिनेछ ।

यसअघि बुधवार संसद्को बिदाइ सत्रलाई प्रधानमन्त्री शरीफले सम्बोधन गरेका थिए । उनले कामचलाउ प्रधानमन्त्रीबारे बिहीवार विपक्षी दलका नेता राजा रियाजसँग छलफल गर्ने जनाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्