३० जेठ २०८३, शनिबार

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, टाउकोमा तीन पटक गोली प्रहार

साउन २५, २०८०
काठमाडौं
इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, टाउकोमा तीन पटक गोली प्रहार

इक्वेडरमा राष्ट्रपति चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । देशको उत्तरी सहर क्विटोमा बुधवार आयोजित एक कार्यक्रममा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको थियो । आक्रमणबाट उनको मृत्यु भएको बीबीसीले जनाएको छ । 

समाचारमा जनाइएअनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओलाई तीन पटक गोली प्रहार भएको थियो । भिल्लाभिसेन्सिओ आफ्नो कारमा चढ्ने क्रममा एक व्यक्तिले उनको टाउकोमा गोली हानेका थिए।

त्यहाँ आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ। उनी राष्ट्रपति पदका उम्मेदवार थिए ।

salt training

कमेन्ट गर्नुहोस्