२६ असार २०८३, शुक्रबार

असार २२ गतदेखि स्थगन भएको गण्डकी प्रदेशसभा बैठक बस्दै

साउन २५, २०८०
काठमाडौं
असार २२ गतदेखि स्थगन भएको गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए । 

गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन । 

प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्