
कास्कीमा प्रहरीले सुनजस्तै देखिने २८ तोला धातुसहित एक महिलालाई पक्राउ गरेको छ ।
बरामद भएको उक्त धातु सुन नै हुन सक्ने सम्भावना प्रबल रहे पनि प्रमाणित हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीका अनुसार काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीय कल्पना गुरुङलाई आज (बिहीवार) बिहान पोखरास्थित बसपार्कबाट पक्राउ गरिएको हो ।
काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा पुगेकी उनलाई विशेष सूचनाका आधामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
अरू कसैले उनलाई सुन पठाएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीका अनुसार ती महिलाले आफूलाई फोन गरेर अरू नै कोही व्यक्ति उक्त सामान लिन आउने बताइएको प्रारम्भिक सोधपुछका क्रममा बयान दिएकी छन् ।