११ असार २०८३, बिहीबार
बुद्धको जहाजमा प्राविधिक समस्या

भैरहवा उडेको बुद्धको जहाजमा समस्या, १० माइल उडेपछि काठमाडौं नै फर्काइयो

साउन २५, २०८०
काठमाडौं
भैरहवा उडेको बुद्धको जहाजमा समस्या, १० माइल उडेपछि काठमाडौं नै फर्काइयो
फाइल तस्वीर

काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्काएर अवतरण गराइएको छ । 

काठमाडौंबाट भैरहवाको उडान ८५७ नम्बरको जहाजमा बिहीवार दिउँसो प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौं विमानस्थलमा अवतरण गराइएको विमानस्थलका प्रवक्ता विजय ढुंगानाले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार १० माइल टाढा पुगेको जहाजको इण्डिकेटरमा समस्या देखिएपछि फर्काइएको हो ।

विमानमा सवार यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको बुद्ध एयरलाइन्स्‌ले जनाएको छ । एयरलाइन्स्‌का अनुसार समस्या देखिएको जहाज नाइन एन-एएनपीलाई टेक्निकल टिमले जाँच गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्