
नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एण्ड होम अपलायनसेससम्बन्धी वृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरिएको छ ।
यही आगामी १५ भदौदेखि १७ सम्म भृकुटीमण्डपमा दोस्रो संस्करणको रुपमा प्रदर्शनीको आयोजना गरिएको हो । यो नेपालको पहिलो र एकमात्र वृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो ।
जुन मिडिया स्पेस सोलुसन्स् (एमएसएस) का साथै एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (ईटीएसआईपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना गरिएको हो ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एण्ड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ – प्रदर्शनी, सम्मेलन र साझेदारी ।
यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये एक हुने दक्षिण एसियाली क्षेत्रभित्र द्रुत रूपमा वृद्धि भइरहेका छन् ।
नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२३ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको संख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ ।
उपभोक्ताहरूले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामानहरू जस्तै एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेको छ । जसका कारण पनि यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सरोकारवालाहरू ध्यानाकर्षण हुनु आवश्यक छ ।
नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारतवर्ष)का सरोकारवालाको सहभागिता उल्लेखनीय हुनेछ ।
विद्युतीय उपकरणहरूको हकमा नेपालमा घर–घरमा लगभग सबै प्रकारका विद्युतीय उपकरणहरूको प्रयोग हुने गर्दछ । आम नेपाली जनमानसले घरका हरेक कुनामा विद्युतीय उपकरण प्रयोग गर्नै पर्ने हुन्छ ।
साथै हरेक क्षण संसारमा नयाँ–नयाँ विद्युतीय उपकरणहरूको आविष्कार तथा नयाँ र प्रभावकारी प्रयोगहरू पनि ल्याइँदै छन् । यस सिलसिलामा यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउनेछ ।
नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू हुन् । नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ । नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ ।
यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ, र साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स पावर लाइट तथा होम अपलायनसेससम्बन्धी वृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि दर्ता खुला रहेका छ ।