
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।
मन्त्री गुरुङलाई आज बिहान एक्कासि ब्लड प्रेसर लो भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरुङलाई ब्लड प्रेसर लो देखिएपछि बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिए ।
मन्त्री गुरुङलाई हाल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. रत्नमणि नेतृत्वको टोलीले उपचार गरिरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वकीय सचिव केसीले बताए ।