×

NMB BANK
NIC ASIA

प्राधिकरणको एक्सन

बक्यौता नतिर्ने वायुसेवाको उडान रोक्ने निर्णय, सिम्रिक एयर भोलिबाटै उड्न नपाउने

काठमाडाैं | साउन २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायुसेवाहरूको उडान रोक्ने निर्णय गरेको छ । प्राधिकरणको बिहीवार बसेको सञ्चालक समिति बैठकले बक्यौता रहेका सबै वायुसेवाको उडानमा रोक लगाउने निर्णय गरेको हो । 

Muktinath Bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न बेवास्ता गरेका कारण उडानमै रोक लगाउने निर्णय भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिहीवार प्राधिकरणले निर्णय गरेको छ । अब सम्बन्धित वायुसेवालाई पत्रमार्फत जानकारी गराएर शुक्रवारदेखि नै उडानमा रोक लगाउन सकिन्छ,’ उनले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

आन्तरिक वायुसेवामा सबैभन्दा बढी बक्यौता राख्नेमा सिम्रिक एयरलाइन्स रहेको छ । यो वायुसेवाले ५५ लाख रुपैयाँ तिरेको छैन ।

Vianet communication
Laxmi Bank

सबैभन्दा बढी पैसा बक्यौता भएको र बैंक तथा वित्तीय संस्थामा दायित्व बढी भएको यो वायुसेवाले उडान सुरक्षामा पनि लापरबाही गरेको पाइएकाले यसको उडान भने शुक्रबारबाटै रोकिने प्राधिकरणले जनाएको छ ।

यसले उडान सुरक्षामा पार्नसक्ने गम्भीर असरलाई दृष्टिगत गरेर उडानमा रोक लगाएको प्राधिकरणले बताएको छ । अन्य वायुसेवाको हकमा पनि उडान रोक लगाउँदै जाने निर्णय भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बक्यौता बाँकी राख्नेमा सौर्य, समिट, यतीसहितका वायुसेवा समेत छन् ।

आन्तरिक उडानका हेलिकप्टर तथा फिक्स विङ्ग्सका वायुसेवाले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नतिरेका कारण पनि प्राधिकरणले बाध्य भएर कडा निर्णय लिनुपरेको पनि निरौलाले बताए । 

सिम्रिक एयरका सञ्चालक वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा हुन् । सिम्रिकसँग हाल ४ वटा हेलिकप्टर छ । यस अघि पर्यटन मन्त्रालयबाट काभ्रेमा हेलिकप्टरको लागि मात्रै उडान तथा अवतरण गर्ने विमानस्थल (हेलिपोर्ट) बनाउन सिम्रिकले अनुमति लिएको थियो ।

मन्त्रालयको उक्त अनुमतिलाई प्राधिकरणले नै कानून संगत नभएको भन्दै खारेज गरिदिएको थियो ।

यस्तो छ सिम्रिक एयरको बक्यौता रकमको विवरण

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x