२४ जेठ २०८३, आइतबार
प्राधिकरणको एक्सन

बक्यौता नतिर्ने वायुसेवाको उडान रोक्ने निर्णय, सिम्रिक एयर भोलिबाटै उड्न नपाउने

साउन २५, २०८०
काठमाडौं
बक्यौता नतिर्ने वायुसेवाको उडान रोक्ने निर्णय, सिम्रिक एयर भोलिबाटै उड्न नपाउने

नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायुसेवाहरूको उडान रोक्ने निर्णय गरेको छ । प्राधिकरणको बिहीवार बसेको सञ्चालक समिति बैठकले बक्यौता रहेका सबै वायुसेवाको उडानमा रोक लगाउने निर्णय गरेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न बेवास्ता गरेका कारण उडानमै रोक लगाउने निर्णय भएको हो ।

‘बिहीवार प्राधिकरणले निर्णय गरेको छ । अब सम्बन्धित वायुसेवालाई पत्रमार्फत जानकारी गराएर शुक्रवारदेखि नै उडानमा रोक लगाउन सकिन्छ,’ उनले लोकान्तरसँग भने ।

आन्तरिक वायुसेवामा सबैभन्दा बढी बक्यौता राख्नेमा सिम्रिक एयरलाइन्स रहेको छ । यो वायुसेवाले ५५ लाख रुपैयाँ तिरेको छैन ।

सबैभन्दा बढी पैसा बक्यौता भएको र बैंक तथा वित्तीय संस्थामा दायित्व बढी भएको यो वायुसेवाले उडान सुरक्षामा पनि लापरबाही गरेको पाइएकाले यसको उडान भने शुक्रबारबाटै रोकिने प्राधिकरणले जनाएको छ ।

यसले उडान सुरक्षामा पार्नसक्ने गम्भीर असरलाई दृष्टिगत गरेर उडानमा रोक लगाएको प्राधिकरणले बताएको छ । अन्य वायुसेवाको हकमा पनि उडान रोक लगाउँदै जाने निर्णय भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बक्यौता बाँकी राख्नेमा सौर्य, समिट, यतीसहितका वायुसेवा समेत छन् ।

आन्तरिक उडानका हेलिकप्टर तथा फिक्स विङ्ग्सका वायुसेवाले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नतिरेका कारण पनि प्राधिकरणले बाध्य भएर कडा निर्णय लिनुपरेको पनि निरौलाले बताए । 

सिम्रिक एयरका सञ्चालक वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा हुन् । सिम्रिकसँग हाल ४ वटा हेलिकप्टर छ । यस अघि पर्यटन मन्त्रालयबाट काभ्रेमा हेलिकप्टरको लागि मात्रै उडान तथा अवतरण गर्ने विमानस्थल (हेलिपोर्ट) बनाउन सिम्रिकले अनुमति लिएको थियो ।

मन्त्रालयको उक्त अनुमतिलाई प्राधिकरणले नै कानून संगत नभएको भन्दै खारेज गरिदिएको थियो ।

यस्तो छ सिम्रिक एयरको बक्यौता रकमको विवरण

null

salt training

कमेन्ट गर्नुहोस्