काठमाडौं, ३१ भदौ- सामान्य प्रशासन मन्त्रालयले सुगम स्थानीय तहमा मात्रै छानी-छानी कर्मचारी पठाएको भन्दै स्थानीय विकास मन्त्रालयले असन्तुष्टि जनाएको छ।

स्थानीय विकास मन्त्रालयले शुक्रबार सामान्य प्रशासनलाई पत्र लेख्दै आइन्दा गाउँपालिका र नवगठित नगरपालिकालाई केन्द्रित गरेर कर्मचारी सरुवा गर्न आग्रह गरेको छ। निश्चित मापदण्ड बनाएर मात्रै स्थानीय तहमा कर्मचारी पठाउन पनि उसले ध्यानाकृष्ट गराएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।