
झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका २ बालबालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी ४ वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका ३ वर्षीय छोरा कुमार जोगीको बिहीवार डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको बेघेखोलामा उनीहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याएका थिए । उनीहरूमध्ये १ जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको र १ जनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।