१४ असार २०८३, आइतबार
प्रहरी अनुसन्धान

सुन तस्करी प्रकरण : सर्वाधिक खोजीका २ चिनियाँ नागरिक एयरपोर्टबाट पक्राउ

साउन २६, २०८०
काठमाडौं
सुन तस्करी प्रकरण : सर्वाधिक खोजीका २ चिनियाँ नागरिक एयरपोर्टबाट पक्राउ

सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार बिहान पौने ८ बजे उनीहरूलाई पक्राउ गरिएको हो ।

सीआईबी टोलीले चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ गरिएको छ ।

सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भएपछि सीआईबीले खोजी गरिरहेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई सिनामंगल पुगेको करीब १०० किलोग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । अनुसन्धानको १८ दिनपछि विभागले थप छानबिनका लागि घटनालाई प्रहरीको जिम्मा लगाएको थियो ।

अनुसन्धानका लागि दोलखाको मेलुङ गाउँपालिका–३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जीक्वाङ लिन, राजन श्रेष्ठ, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियम नागरिक दावा छिरिङ प्रहरी हिरासतमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्