१२ साउन २०८३, मंगलबार
नक्कली प्रमाणपत्र

डा.सुनिल शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो, भ्यानबाटै फर्काए अभिवादन

साउन २६, २०८०
काठमाडौं
डा.सुनिल शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो, भ्यानबाटै फर्काए अभिवादन

​नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई म्याद थपका लागि अदालत लगिँदैछ ।

अदालत लग्नुअघि शर्मालाई शुक्रवार बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ । प्रहरी भ्यानमा सरकारी वकिलको कार्यालयमा पुर्‍याइएका शर्माले अभिवादन गर्दै निस्किएका थिए ।

एमबीबीएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा छानबिनका लागि उनलाई सीआईबीले बिहीवार काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको थियो ।

​नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा अहिलेसम्म उनीसहित ८ जना पक्राउ परेका छन् ।​ सीआईबीले फोक्सट्रोट चार्ली अपरेसन अन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्