
पछिल्लो मिसाइल परीक्षणपछि उत्तर कोरियाको चौतर्फि विरोध भएको छ । चौतर्फि विरोध भएपछि नेता किम जोन उनले देशको परमाणु कार्यक्रमलाई पूरा गर्ने कुरा दोहोराएका छन् ।
उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार किम जोन उनको यस कार्यक्रमको उदेश्य अमेरिकी फौजसँगको सन्तुलन बनाउने रहेको जनाइएको छ ।
उत्तर कोरियाली समाचार संस्थाका अनुसार किम जोन उनले भने, हामीलाई यी शक्तिशाली देशलाई देखाउनु छ कि हाम्रो देश उनीहरुको नाकाबन्दीका बाबजुद परमाणु कार्यक्रम सफल बनाउन सक्छौं ।
यस अघि उत्तर कोरियाले गरेको मिसाइल परीक्षण को विरोधमा संयुक्त राष्टसंघले कडा निन्दा गरेको छ ।