
बारामा ९० वर्षीय बुबा आइतसिंह घलानको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १६ टांगियाका ६० वर्षीय दिलबहादुर घलान रहेका छन् । उनलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा दिलबहादुरले कुटपिट गर्दा आइतसिंहको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।