![सीता दुलालको ‘बर्खाको बाटो’ तीज गीत युट्युबमा सार्वजनिक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Sita_dulal_P8OJVZFjvh.jpg)
शिक्षिका एवं लोक गायिका सिता दुलालको तीज गीत ‘बर्खाको बाटो’ युट्युबमार्फत सार्वजनिक भएको छ ।
‘सीता दुलाल’युट्युव च्यानल मार्फत ‘बर्खाको बाटो’ गीतको म्युजिक भिडियो केही दिनअघि सार्वजनिक गरिएको हो । गीतमा गायिका दुलालकै शब्द तथा स्वर रहेको छ भने सुफिक्स मदनले संगीत संयोजन गरेका छन् ।
सो गीतमा समूह गायनतर्फ शुभद्रा ढकाल र गीता दुलालको आवाज रहेको छ । गीतमा गायिकाहरूका साथै निश्चल शाही र डोल्मा शेर्पाले अभिनय गरेका छन् । सो म्युजिक भिडियोको व्यवस्थापन भने राजेन्द्र ढकालले गरेका हुन् ।
अभिभावकले आफ्नो छोरीको बिहे गरिदिन पाए आफ्नो सबै जिम्मेवारी सकिन्छ भनेर सोचिरहेको तर छोरीको मनमा बिहे बाहेक अरू धेरै रहर र सपनाहरु हुन्छन् त्यसैलाई बुझिदिनु पर्छ भन्ने सन्देश सो गीतमा रहेको गायिका दुलाल बताउँछिन् । ‘बर्खाको बाटो’ गीत मौलिक लोकलयमा तयार पारिएको छ । गायिका दुलालका यसअघि पनि विभिन्न लोकगीतहरू बजारमा आइसकेका छन् ।