
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेशद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार अर्पण समारोहमा उनले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको जानकारी दिए।
“मलाई कसैलाई नियमन गर्नु छैन, त्यसैले पत्रकार साथीहरुको केही कुरा छलफलबाट पारित भएपछि अगाडि बढ्छ”, उनले भने, “पत्रकारले स्वच्छ र स्वतन्त्र पत्रकारिता गर्ने वातावरण सिर्जना गर्नु अपरिहार्य छ ।”
पछिल्लो समय स्वतन्त्रतका नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको टिप्पणी गर्दै मुख्यमन्त्री पाण्डेले भने, “सोसल मिडिया स्वतन्त्रताको नाममा अहिले अराजक भएको छ, यसले पत्रकारिता स्वनियमन हुनुपर्ने हो तर त्यो भएको देखिएन ।”
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई अर्पण गरिएको हो ।