०५ असार २०८३, शुक्रबार

सेनाको पहलमा अवरुद्ध राजमार्ग खुल्यो

साउन २७, २०८०
मकवानपुर
सेनाको पहलमा अवरुद्ध राजमार्ग खुल्यो

मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित भैँसे–पालुङ सडकखण्डमा अवरुद्ध राजमार्ग आज साँझदेखि सञ्चालनमा आएको छ ।

त्यहाँ पहिरो खसी स्थानीय कृष्ण देउलाको घर र पसल पुरिनका साथै राजमार्गसमेत अवरुद्ध भएपछि सेनाको एक टुकडी परिचालन भई उद्धार र सडक खुलाउने कार्यमा खटेको थियो ।

कालीप्रसाद गणबाट एक अधिकृतसहित ३४ जनाको नफ्री र मध्य पृतनाबाट समेत फौज खटिएर अवरुद्ध राजमार्ग खुलाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ ।

salt training

कमेन्ट गर्नुहोस्