२४ जेठ २०८३, आइतबार

वर्तमान सरकारले मधेशप्रति अन्याय गर्‍यो, अब सबै मधेशी जनता एकजुट हुनुपर्छ : उपेन्द्र यादव

साउन २८, २०८०
बारा
वर्तमान सरकारले मधेशप्रति अन्याय गर्‍यो, अब सबै मधेशी जनता एकजुट हुनुपर्छ : उपेन्द्र यादव
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् ।

बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई शनिवार सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले संघीयताका लागि पहलकदमी गर्ने पार्टी खासगरी तत्कालीन मधेशी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट संघीयता नै समाप्त पार्ने खेल भइरहेको टिप्पणी गरे ।

उनले राज्यबाट आन्दोलनको क्रममा भएका सबै खाले घटना, राजनीतिक मुद्दा फिर्ता लिइसकेको विषयलाई उजागार गरी आफू र जनता समाजवादी पार्टीलाई लक्षित गरी गौर घटना पुनः कोट्याएको आरोप लगाए ।

तराई मधेशमा ५३ प्रतिशत मधेशी समुदायको संख्या रहे पनि वर्तमान सरकारले १३ प्रतिशत मात्र बजेट दिएर मधेशप्रति अन्याय गरेको भन्दै अध्यक्ष यादवले अधिकारका लागि सबै मधेशी जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले पार्टीलाई मजबुत बनाई नयाँ शिराबाट अगाडि बढाउन टोल–टोलमा संगठन विस्तारको काममा जुट्न नेता एवं कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, राजनीतिक समितिका सदस्य, प्रदेशका पदाधिकारी, जिल्लास्तरीय, क्षेत्रस्तरीय नेताको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्